सरकारका ठूला निर्णय सार्वजनिक: मन्त्रिपरिषद् बैठकले के–के गर्‍यो फैसला? 

काठमाडौं — बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुने भ्रमण स्वीकृत गरेको छ। प्रतिनिधिमण्डल असोज ६ देखि १० गतेसम्म हुने महासभामा सहभागी हुने जनाइएको छ।

बैठकले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ। साथै नयाँ दिल्लीमा हुने नेपाल–भारत अन्तरसरकारी उपसमितिको बैठकका लागि नेपाली वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ।

सरकारले काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङका २७ स्थानीय तहका १७ हजार ४३८ गरिब घरपरिवारको सूची पनि स्वीकृत गरेको छ।

त्यस्तै, शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल तथा सदस्यमा रामशरण सापकोटा र महिला सदस्यमा विष्णु घिमिरे रिमाललाई नियुक्त गरिएको छ।

बैठकले विनोदबहादुर कुँवर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गरी क्रमशः लुम्बिनी र सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ