बाढी प्रभावित सुरुङभित्र करिब १२१ जना फसेको सेनाको अनुमान, खोजी नरोकिने 

काठमाडौं — रसुवाको विनाशकारी भोटेकोशी बाढीपछि प्रभावित विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र करिब १२१ जना फसेको हुनसक्ने नेपाली सेनाले जनाएको छ।

आयोजनाहरूसँग सम्बन्धित करिब ९ सय व्यक्ति सम्पर्कविहीन भएको विवरण आए पनि ती सबै सुरुङभित्र फसेका नभएको सेनाले स्पष्ट पारेको छ। सेनाका अनुसार उपलब्ध विवरणका आधारमा करिब १२१ जना मात्रै सुरुङभित्र प्रवेश गरेको देखिन्छ।

प्राप्त विवरणअनुसार माथिल्लो त्रिशूली–१ मा करिब ५०, त्रिशूली–३एमा करिब ४० भन्दा बढी, लाङटाङ र चिलिमेमा ७–७ तथा रसुवागढीमा ५ जना सुरुङभित्र फसेको आशंका छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ