रसुवामा मात्रै ३,०७१ जना अझै सम्पर्कविहीन
रसुवा — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवामा अझै ३,०७१ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ। हालसम्म १,३१३ जनाको जीवितै उद्धार गरिएको छ, जसमा १,२२७ नेपाली र ८६ विदेशी पर्यटक छन्।
सम्पर्कविहीनमध्ये नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सरकारी कर्मचारी तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारीसमेत रहेका छन्। गोसाइँकुण्ड क्षेत्रमा अलपत्र १४५ तीर्थयात्री तथा स्थानीयलाई हेलिकप्टरबाट सुरक्षित स्थानमा सारिएको छ।
बाढीले सडक, पुल, घर तथा जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुर्याएको छ भने प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्य जारी छ।
