रुस–युक्रेन युद्ध रोक्न नयाँ पहल: ट्रम्पका दुई दूत मस्कोमा 

रुस–युक्रेन युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विट्कफ र जेरेड कुशनर मस्को पुगेका छन्।

उनीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग क्रेमलिनमा वार्ता गरेका छन्। ट्रम्पका अनुसार दूतहरूले युद्ध अन्त्यका लागि अमेरिकी शान्ति प्रस्ताव लिएर गएका हुन्। मस्कोपछि उनीहरू आइतबार किएभ पुगेर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट्ने कार्यक्रम छ।

चार वर्षभन्दा लामो युद्ध अन्त्य गर्ने दिशामा यो पहलले नयाँ आशा जगाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ