दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन नेपाल आइपुगे

काठमाडौं — दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन्। उनको भ्रमण विशेषगरी भोटेकोशी बाढीपछि जारी खोज तथा उद्धार, प्रभावित क्षेत्रको पुनर्स्थापना तथा नेपाल–दक्षिण कोरिया सहकार्यमा केन्द्रित हुने बताइएको छ।

भ्रमणका क्रममा उनले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्ने कार्यक्रम छ। दुई पक्षबीच बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण, राहत तथा उद्धार प्रयाससँगै द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल हुने जनाइएको छ।

भोटेकोशी बाढीपछि ९ जना दक्षिण कोरियाली नागरिक अझै बेपत्ता छन्। उनीहरू रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना निर्माण क्षेत्रमा कार्यरत थिए। विदेशमन्त्री चोले बेपत्ता नागरिकका परिवारसँग समेत भेट गर्ने कार्यक्रम छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ