बाढीमा बेपत्ता ४७ कर्मचारीको पहिचानमा DNA को सहारा, आफन्तलाई नमुना दिन NEA को आग्रह
भोटेकोशी बाढीपछि बेपत्ता रहेका नेपाल विद्युत् प्राधिकरण (NEA) का ४७ कर्मचारीको पहिचानका लागि DNA नमुना उपलब्ध गराउन प्राधिकरणले परिवार तथा नजिकका आफन्तलाई आग्रह गरेको छ।
DNA नमुनालाई पहिचान हुन बाँकी शव तथा मानव अवशेषसँग मिलान गरी बेपत्ताको वैज्ञानिक रूपमा सनाखत गर्ने प्रयास भइरहेको छ। खोज तथा पहिचान प्रक्रिया जारी रहँदा सम्बन्धित परिवारलाई आवश्यक प्रक्रियामा सहयोग गर्न आग्रह गरिएको छ।
