पेप्सीकोलामा भीषण आगलागी, दमकल सहित सुरक्षाकर्मी परिचालन
काठमाडौं — काठमाडौंको पेप्सीकोला क्षेत्रमा भीषण आगलागी भएको खबर आएको छ। आगलागी पछि घटना स्थलमा दमकल तथा सुरक्षा कर्मी परिचालन गरी आगो नियन्त्रणमा लिने प्रयास भइरहेको बताइएको छ।
आगलागीका कारण आसपासको क्षेत्रमा त्रास फैलिएको छ। आगो नियन्त्रणमा ल्याउन सम्बन्धित निकाय सक्रिय रहेका छन्। आगलागीको ठ्याक्कै कारण, मानवीय क्षति तथा भौतिक क्षतिको विस्तृत विवरण भने अहिले सम्म सार्वजनिक भइसकेको छैन।
सम्बन्धित निकाय बाट थप विवरण आएपछि घटनाको वास्तविक क्षति र आगलागीको कारण स्पष्ट हुने अपेक्षा गरिएको छ।
