भोटेकोशीका मृतकको सम्मानमा झुक्नेछ राष्ट्रिय झण्डा

 

काठमाडौं — सरकारले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले घटनाको १३औँ पुण्यतिथिका दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।

सो दिन देशभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ