करण केसीको घातक बलिङ, अर्जुनको जिम्मेवार ब्याटिङ: मलेसियामाथि नेपालको शानदार जित
काठमाडौं — एसिसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले उत्कृष्ट लय कायम राखेको हो।
पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमै अलआउट भयो। नेपालका करण केसीले सर्वाधिक ४ विकेट लिए भने ललित राजवंशीले २ विकेट हात पारे।
१०४ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर अर्जुन कुमालले अविजित ४५ रन बनाए। यसअघि नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो।
