बालेनको भावुक अभिव्यक्ति—‘भोटेकोशीको पीडाले सिंगो नेपाललाई चोट पुर्‍याएको छ

काठमाडौं — प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीबाट भएको क्षति रसुवा, नुवाकोट र धादिङको मात्रै नभई सिंगो देशकै पीडा भएको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले अहिले थकित भएर विश्राम लिने समय नभएको भन्दै विपत्तिसँग दृढ संकल्पका साथ लड्नुको विकल्प नरहेको बताए। उनले देशको नेतृत्वले आँसु होइन, विपद्मा परेका जनतालाई आड, भरोसा र साथ दिनुपर्ने उल्लेख गरे।

प्रधानमन्त्री शाहले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ