ड्रोन र उद्धार कुकुरसहित दक्षिण कोरियाली टोली नेपाल आइपुग्यो
भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोज तथा उद्धारमा सहयोग गर्न ४४ सदस्यीय दक्षिण कोरियाली विशेष उद्धार टोली नेपाल आइपुगेको छ। टोलीसँग ५ वटा तालिमप्राप्त उद्धार कुकुर, ड्रोन, थर्मल इमेजिङ उपकरणलगायत आधुनिक प्रविधि छन्। टोलीले नेपाली सुरक्षा निकायसँग समन्वय गरी रसुवाको प्रभावित क्षेत्रमा खोजी कार्यमा सहयोग गर्नेछ।
