“नेपालको विपत्तिप्रति पुटिनको दुःख: बाढीपहिरोका मृतकप्रति श्रद्धाञ्जली, पीडित परिवारमा समवेदना”
काठमाडौं — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
राष्ट्रपति पुटिनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहलाई शोक सन्देश पठाउँदै विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपत्तिको कठिन समयमा नेपाली जनताप्रति सहानुभूति प्रकट गरेका छन्।
