बाढीपीडितको साथमा एनसेल: १ करोड राहत सहयोग, ३ दिन सञ्चार सेवा निःशुल्क

काठमाडौं — बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउन एनसेल फाउन्डेसनले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

एनसेलका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। सहयोग रकम बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका काममा उपयोग हुने अपेक्षा गरिएको छ।

यससँगै एनसेलले प्रभावित क्षेत्रका ग्राहकलाई आपत्कालीन अवस्थामा सम्पर्क सहज बनाउन ३ दिनसम्म भ्वाइस र डेटा सेवा तथा १०० वटा एसएमएस निःशुल्क उपलब्ध गराएको जनाएको छ।