बाढीपीडितलाई बालेनको आश्वासन: राज्यका सबै स्रोत–साधन परिचालन गरिने

माडौं — प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि राज्यका सम्पूकाठर्ण स्रोत–साधन परिचालन गरिएको बताएका छन्।

सरकारले प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेको छ। पीडितका लागि खाना, स्वच्छ खानेपानी, औषधि र अस्थायी बसोबासको व्यवस्था गरिने तथा घाइतेको निःशुल्क उपचार गर्ने निर्णयसमेत गरिएको छ।

प्रधानमन्त्री शाहले क्षतिग्रस्त सडक, पुल, विद्युत् र खानेपानी संरचनाको पुनर्निर्माणलाई प्राथमिकता दिइने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने बताएका छन्।