सामाजिक सञ्जालबाट बालबालिका भर्ती गर्दै कोलम्बियाका सशस्त्र समूह 

कोलम्बियामा लागूऔषध गिरोह र विद्रोही समूहहरूले सामाजिक सञ्जालमार्फत बालबालिकालाई आकर्षित गरी आफ्नो समूहमा भर्ती गरिरहेको ह्युमन राइट्स वाच (एचआरडब्ल्यु) को प्रतिवेदनले देखाएको छ।

प्रतिवेदनअनुसार भर्ती गरिएका बालबालिकालाई विस्फोटक पदार्थ बोकेका ड्रोन उडाउनेजस्ता जोखिमपूर्ण काममा समेत प्रयोग गरिएको छ। ग्रामीण क्षेत्रमा नियन्त्रण कायम राख्न सशस्त्र समूहहरूले सामाजिक सञ्जाललाई प्रभावकारी माध्यम बनाइरहेको एचआरडब्ल्युको भनाइ छ।

कोलम्बियाको मानवअधिकार रक्षकहरूको कार्यालयका अनुसार सन् २०२१ यता कम्तीमा १,५०० बालबालिका भर्ती भएका छन् भने सन् २०२४ मा मात्रै ६२५ घटना दर्ता भएका थिए।