बेलायतमा रोजगारदाताको प्रायोजन लाइसेन्स खारेज हुँदा नेपाली श्रमिक जोखिममा

बेलायत सरकारले आप्रवासन तथा रोजगारसम्बन्धी नियम उल्लंघन गर्ने रोजगारदातामाथि कारबाही कडा बनाएको छ। जुलाई २०२४ देखि जुन २०२५ सम्म १,९४८ रोजगारदाताको स्पोन्सर लाइसेन्स खारेज गरिएको बेलायत सरकारले जनाएको छ। यो अघिल्लो १२ महिनाको तुलनामा दोब्बरभन्दा बढी हो।

रोजगारदाताको लाइसेन्स खारेज हुँदा प्रायोजित कामदारको रोजगारी र ‘सर्टिफिकेट अफ स्पोन्सरसिप’ प्रभावित हुन सक्छ। यूके भिसा एन्ड इमिग्रेसनबाट औपचारिक सूचना पाएपछि प्रभावित कामदारले सामान्यतया ६० दिनभित्र नयाँ प्रायोजक खोज्न, अर्को योग्य भिसाका लागि आवेदन दिन वा बेलायत छाड्नुपर्ने हुन्छ।

नेपाली श्रमिकलाई यूकेभीआईका सूचना नियमित जाँच गर्न, नयाँ रोजगारदाताको आधिकारिक प्रायोजन स्थिति पुष्टि गर्न र आवश्यक परे योग्य आप्रवासन विज्ञसँग सल्लाह लिन आग्रह गरिएको छ।


तस्बिर: एआईद्वारा सिर्जना गरिएको सांकेतिक चित्र