हुम्लामा जडीबुटी संकलन गर्न गएका १० जना सम्पर्कमा आए, सबै सकुशल

हुम्ला — हुम्लाको उच्च हिमाली क्षेत्रमा जडीबुटी संकलन गर्न गएका सिमकोट गाउँपालिका–२ ठेहेगाउँका १० जना एक सातासम्म परिवारको सम्पर्कमा नआएपछि चिन्ता बढेको थियो। तर पछिल्लो अपडेटअनुसार १० जना नै सोमबार सम्पर्कमा आएका छन् र सबै सकुशल छन्। 

उनीहरू भदौ २८ गते कटुको संकलनका लागि खार्पुनाथ गाउँपालिका र चंखेली गाउँपालिकाको सीमातर्फ पर्ने लुर्पे खोला जंगल क्षेत्रमा गएका थिए। असोज ८ गतेदेखि परिवारसँग सम्पर्क हुन नसकेपछि आफन्तले स्थानीय प्रशासनलाई जानकारी गराउँदै खोज तथा उद्धारका लागि आग्रह गरेका थिए। 

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्गम हिमाली क्षेत्र र सञ्चार सम्पर्कको समस्याका कारण उनीहरू केही दिन परिवारको सम्पर्कमा आउन नसकेका हुन्। यसअघि खराब मौसम र हिमपातका कारण खोज तथा उद्धारमा कठिनाइ हुने देखिएपछि जिल्ला सुरक्षा समितिले समेत आवश्यक पहल अघि बढाएको थियो।

📷 तस्बिर: Janak Bhatta / Wikimedia Commons, CC BY-SA 4.0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ