यात्रुवाहक बसमा अन्धाधुन्ध गोली प्रहार, सिरियामा सातको मृत्यु

दमास्कस : सिरियाको होम्स प्रान्तमा यात्रुवाहक बसमाथि अज्ञात बन्दुकधारीले गोली प्रहार गर्दा कम्तीमा सात जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

बुधबार राति पश्चिमी होम्सको मस्याफ ब्रिज नजिक बसमाथि आक्रमण भएको हो। बसमा निजी कम्पनीका कर्मचारी तथा कामदारहरू काम सकेर घर फर्किरहेका थिए। आक्रमणपछि घाइतेहरूलाई होम्स आसपासका अस्पतालमा लगिएको थियो।

घटनास्थललाई सुरक्षा निकायले नियन्त्रणमा लिएर आक्रमणकारीको खोजी तथा घटनाबारे अनुसन्धान सुरु गरेको छ। हालसम्म आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन र आक्रमणको उद्देश्यसमेत स्पष्ट भएको छैन।

होम्सका आन्तरिक सुरक्षा अधिकारीहरूले घटनालाई क्षेत्रको सुरक्षा अस्थिर बनाउने प्रयासका रूपमा लिएको बताएका छन्। लामो समयको द्वन्द्वपछि पनि सिरियाका विभिन्न क्षेत्रमा गोलीकाण्ड तथा विस्फोटका घटना भइरहेकाले देशको सुरक्षा अवस्था चुनौतीपूर्ण बनेको छ।

तस्बिर: Wikimedia Commons / Public Domain.

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ