पाल्पामा यात्रुवाहक गाडी दुर्घटना, एक जनाको मृत्यु 

पाल्पाको सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन नगरपालिका–८ भालेबासमा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित पाँच जना घाइते भएका छन्।

बुटवलबाट तानसेन हुँदै सिलुवातर्फ जाँदै गरेको भे १ ज ९७६ नम्बरको गाडी सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी पूर्वखोला गाउँपालिका–४ की ६३ वर्षीया अनुसरा खाम्चाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा चालकसहित अन्य पाँच जना घाइते भएका छन्। उनीहरूको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ।

गाडी अनियन्त्रित हुनुको कारण तत्काल खुल्न सकेको छैन। प्रहरीले दुर्घटनाको कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको जनाएको छ।