दक्षिण अफ्रिकामा बन्दुकधारीको आतंक, दुई छुट्टाछुट्टै आक्रमणमा २८ जनाको मृत्यु

जोहानेसबर्ग — दक्षिण अफ्रिकामा सप्ताहन्तमा भएका दुई छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा मृत्यु हुनेको संख्या २८ पुगेको छ। घाइतेमध्ये थप एक जनाको अस्पतालमा मृत्यु भएपछि मृतक संख्या बढेको हो।

जोहानेसबर्गनजिकको वेडेला टाउनसिपस्थित एक मदिरालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १८ जनाको मृत्यु भएको छ। त्यसको केही घण्टापछि केप टाउननजिकको ल्वान्डले क्षेत्रमा भएको अर्को गोलीकाण्डमा १० जनाको ज्यान गएको र ११ जना घाइते भएका छन्।

दुवै घटनामा संलग्न आक्रमणकारीको खोजी जारी छ। प्रहरीले आक्रमणको कारण खुलिनसकेको बताउँदै घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

पछिल्लो समय दक्षिण अफ्रिकामा भएका लगातारका गोलीकाण्डले अवैध हतियार तथा हिंसात्मक अपराध नियन्त्रणलाई लिएर चिन्ता बढाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ