कांग्रेस महाधिवेशनको तयारी तीव्र : होटल बुक भए, प्रतिनिधिको खर्च आफ्नै जिम्मामा

काठमाडौं : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा शुभेच्छुकका लागि काठमाडौंका आठ क्षेत्रमा होटलको व्यवस्था गरिएको छ। आवास व्यवस्थापन समितिले करिब १० हजार जनाका लागि ५ हजार कोठा सहुलियत दरमा बुक गरेको जनाएको छ।

प्रदेशअनुसार गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, बालाजु, नयाँ बसपार्क, सुन्धारा र कलङ्की क्षेत्रमा प्रतिनिधिको बसोबास मिलाइएको छ।

जिल्ला, जनसम्पर्क समिति तथा भ्रातृ संस्थाबाट आउने महाधिवेशन प्रतिनिधिले होटल खर्च भने आफैँ व्यहोर्नुपर्नेछ। विदेशबाट आमन्त्रित पाहुनाको आवास खर्च पार्टीले तिर्नेछ।

महाधिवेशन अवधिभर प्रतिनिधिलाई बिहान र दिउँसोको खाना भृकुटीमण्डपमा पार्टीले उपलब्ध गराउने व्यवस्था गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ