उज्बेकिस्तानको विश्वविद्यालयमा नेपाली युवा किशन भण्डारी, उपकुलपति बनेका छन्

नेपाली युवा डा. किशन भण्डारी उज्बेकिस्तानको बुखारास्थित एसिया इन्टरनेसनल युनिभर्सिटीको उपकुलपति (Vice-Rector) नियुक्त भएका छन्। यसअघि उनी सोही विश्वविद्यालयमा मेडिकल शिक्षातर्फ डीनको जिम्मेवारीमा थिए।

सन् २००९ मा छात्रवृत्तिमा रुस गएर एमबीबीएस अध्ययन गरेका भण्डारीले पछि किर्गिस्तानमा न्युरोसर्जरी र जनस्वास्थ्यमा स्नातकोत्तर गरे। त्यहाँ स्टेट मेडिकल इन्स्टिच्युटमा काम गर्दै उनी सहायक डीनसमेत बनेका थिए।

पछिल्लो तीन वर्षदेखि उज्बेकिस्तानमा कार्यरत भण्डारीले अब करिब ३३ हजार विद्यार्थी र ९० वटा शैक्षिक कार्यक्रम रहेको विश्वविद्यालयमा उच्च नेतृत्वको जिम्मेवारी सम्हाल्नेछन्। उनले शैक्षिक गुणस्तर सुधार गर्दै विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्‍याउने लक्ष्य राखेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ