अन्तिम मिनेटमा भारतको बाजी, पाकिस्तानलाई ४–३ ले स्तब्ध पार्दै फाइनलमा 

जापान : एसियन गेम्स २०२६ को पुरुष हक्कीमा चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई रोमाञ्चक सेमिफाइनलमा ४–३ ले पराजित गर्दै भारत स्वर्ण पदकको खेलमा प्रवेश गरेको छ। खेल सकिन केवल ४९.२ सेकेन्ड बाँकी रहँदा अभिषेकले गरेको निर्णायक गोलले भारतलाई नाटकीय जित दिलायो।

भारतले सुरुवातदेखि दबाब बनाउँदै २३औँ मिनेटसम्म ३–० को अग्रता बनाएको थियो। कप्तान हरमनप्रीत सिंहले पाँचौँ र १३औँ मिनेटमा पेनाल्टी कर्नरबाट दुई गोल गरे भने सुखजीत सिंहले २३औँ मिनेटमा तेस्रो गोल थपे।

तर पाकिस्तानले शानदार पुनरागमन गर्‍यो। अबु महमुदले ३०औँ, हन्नान शाहिदले ४५औँ र वहीद अशरफ रानाले ४९औँ मिनेटमा गोल गर्दै खेल ३–३ को बराबरीमा पुर्‍याए।

खेल बराबरीतर्फ अघि बढिरहेका बेला अन्तिम मिनेटमा अभिषेकको प्रहार पाकिस्तानी डिफेन्डर सुफियान खानको स्टिकमा लागेर गोलमा परिणत भयो। यही गोलसँगै भारतले ४–३ को रोमाञ्चक जित निकाल्यो।

भारतले अब स्वर्ण पदकका लागि मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। मलेसियाले अर्को सेमिफाइनलमा दक्षिण कोरियालाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ