FlyDubai उडानमा सनसनीपूर्ण घटना, पाइलटमाथिको आक्रमणबारे अनुसन्धान सुरु
दुबई : दुबईबाट इजरायलको तेल अभिभतर्फ जाँदै गरेको FlyDubai को FZ1073 उडानमा सह-पाइलटले क्याप्टेनमाथि छुरा प्रहार गरेपछि विमान गम्भीर संकटमा परेको थियो। विमानमा १७४ जना सवार थिए।
घटनाका क्रममा विमान करिब ३३ हजार फिटको उचाइबाट १७ हजार फिटसम्म तीव्र रूपमा तल झरेको थियो। घाइते क्याप्टेनले ककपिटको ढोका खोल्न सफल भएपछि यात्रु तथा चालक दलका सदस्यहरूले सह-पाइलटलाई नियन्त्रणमा लिएका थिए।
त्यसपछि विमानमा रहेका रिजर्भ चालक दलले विमानको नियन्त्रण सम्हालेर साउदी अरबको तबुकमा सुरक्षित अवतरण गराएको बताइएको छ। घटनामा यात्रुहरू घाइते भएको विवरण आएको छैन भने घाइते क्याप्टेनको अवस्था स्थिर रहेको जनाइएको छ।
आक्रमणको आरोप लागेका सह-पाइलट ओमानी नागरिक रहेको र उनी साउदी अधिकारीको नियन्त्रणमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
