संकटको त्यो क्षण सम्झिँदै पाइलट स्मित : ‘म उनीहरूलाई मर्न दिन सक्दिनँथे’

काठमाडौं : फ्लाइदुबईका भारतीय पाइलट क्याप्टेन स्मित मच्छरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अस्पतालबाट भिडियो संवाद गर्दै विमानभित्रको संकटपूर्ण क्षण सुनाएका छन्।

गम्भीर घाइते भएर भुइँमा लडेका बेला पनि विमानको अवस्था बिग्रिँदै गएको महसुस भएपछि आफूले अन्तिम प्रयास गर्दै ककपिटको ढोका खोलेको स्मितले बताए। ढोका खुलेपछि अन्य व्यक्ति भित्र प्रवेश गर्न सकेका थिए।

१७ वर्षको उडान अनुभव भएका स्मितले आफ्नो ज्यान जोगाउन संघर्ष गरिरहेकै बेला यात्रुहरूको जीवन पनि जोखिममा रहेको महसुस गरेको बताए। उनले आफू ती मानिसहरूलाई मर्न दिन नसक्ने अवस्थामा रहेको भावुक अनुभव सुनाए।

मोदीले स्मितको साहस र सुझबुझको प्रशंसा गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। स्मितले कठिन समयमा हनुमान चालिसा पाठले आफूलाई मानसिक बल दिएको पनि बताएका छन्।