बाढीपछि बिमामा अर्बौंको दाबी, भुक्तानी किन लाखमै सीमित? 

काठमाडौं : भोटेकोशी बाढीबाट भएको क्षतिबापत बिमा कम्पनीहरूमा परेको दाबी झण्डै २१ अर्ब रुपैयाँ पुगे पनि एक महिनासम्म भुक्तानी भने ६७ लाख रुपैयाँमा सीमित रहेको छ।

बिमा प्राधिकरणका अनुसार असोज १२ सम्म २० अर्ब ९८ करोड ८७ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको छ। त्यसमध्ये हालसम्म ६७ लाख ४८ हजार रुपैयाँ मात्रै भुक्तानी भएको छ।

सबैभन्दा धेरै सम्पत्ति बिमातर्फ ९ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको दाबी परेको छ। इन्जिनियरिङ तथा ठेकेदार बिमामा ४ अर्ब ४१ करोड, मोटर बिमामा ३ अर्ब ७ करोड र पारवहन बिमामा २ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको दाबी परेको तथ्यांक छ।

प्राधिकरणले हालको तथ्यांक प्रारम्भिक रहेको र थप दाबी आउने क्रम जारी रहेकाले कुल रकम अझै बढ्न सक्ने जनाएको छ।