फुटबल स्टार एमबाप्पेले छाडे Nike, रोजे On 

मड्रिड : रियल मड्रिड तथा फ्रान्सका स्टार फुटबलर किलियन एमबाप्पेले Nike सँगको लामो साझेदारी अन्त्य गर्दै स्विस स्पोर्ट्स ब्रान्ड On सँग सम्झौता गरेका छन्।

एमबाप्पे किशोर अवस्थादेखि नै Nike सँग आबद्ध थिए। नयाँ सम्झौतासँगै उनी On को विश्वव्यापी ब्रान्ड एम्बेसडर बन्नेछन्। फुटबल क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्ने प्रयासमा रहेको On का लागि एमबाप्पेसँगको साझेदारी महत्वपूर्ण कदम मानिएको छ।

सम्झौताका आर्थिक विवरण भने सार्वजनिक गरिएको छैन।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ