“फेरि तीन लाखमाथि पुग्यो सुन, एकैदिन तोलामा ३,६०० रुपैयाँ वृद्धि”।
काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार ६०० रुपैयाँले बढेर ३ लाख ३ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको वृद्धिसँगै सुनको मूल्य फेरि तीन लाख रुपैयाँभन्दा माथि पुगेको हो।
सुनसँगै चाँदीको मूल्य पनि प्रतितोला १५० रुपैयाँले बढेको छ। बिहीबार ४ हजार ६२५ रुपैयाँ रहेको चाँदी शुक्रबार ४ हजार ७७५ रुपैयाँ प्रतितोला कायम भएको छ।
पछिल्ला दिनमा सुनको मूल्यमा उल्लेख्य उतारचढाव देखिएको छ। बिहीबार सुन प्रतितोला २ हजार ३०० रुपैयाँले घटेको थियो भने शुक्रबार पुनः ३ हजार ६०० रुपैयाँले बढेको हो।
