पाकिस्तानको मस्जिदमा शक्तिशाली विस्फोट, कम्तीमा २७ जनाको मृत्यु 

पेशावर : पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाटस्थित प्रहरी परिसरको मस्जिदमा शुक्रबार भएको आत्मघाती बम विस्फोट तथा सशस्त्र आक्रमणमा कम्तीमा जनाको मृत्यु भएको छ। घटनामा ८० भन्दा बढी घाइते भएका छन्।

प्रहरीका अनुसार विस्फोटक पदार्थले भरिएको गाडी मस्जिदनजिक ठोक्काएर विस्फोट गराइएपछि सशस्त्र आक्रमणकारी प्रहरी परिसरभित्र प्रवेश गर्ने प्रयास गरेका थिए। त्यसपछि सुरक्षाकर्मी र आक्रमणकारीबीच गोली हानाहान भएको थियो। मृतकमध्ये अधिकांश प्रहरी अधिकारी रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।

आक्रमणका कारण मस्जिद र प्रहरी परिसरमा ठूलो क्षति पुगेको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले घटनाको निन्दा गर्दै घाइतेको उद्धार तथा उपचारलाई तीव्र बनाउन निर्देशन दिएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ