इंग्ल्यान्डको आक्रामक ब्याटिङ, श्रीलंकामाथि ६ विकेटको जित 

कार्डिफ : इंग्ल्यान्डले दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गर्दै तीन खेलको शृंखला एक खेल बाँकी छँदै आफ्नो पक्षमा पारेको छ। कार्डिफको सोफिया गार्डेन्समा श्रीलंकाले दिएको १४६ रनको लक्ष्य इंग्ल्यान्डले ४ विकेट गुमाउँदै ४७ बल बाँकी रहँदा पूरा गर्‍यो।

इंग्ल्यान्डको जितमा टम ब्यान्टनले २४ बलमै अर्धशतक पूरा गर्दै अविजित ५२ रन बनाए। श्रीलंकाले पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो। पाथुम निसांकाले ३७ रन बनाए।

इंग्ल्यान्डका लियाम डसनले महत्वपूर्ण विकेट निकाल्दै श्रीलंकाको सुरुवाती लय तोडे र प्लेयर अफ द म्याच बने। यो जितसँगै इंग्ल्यान्डले श्रीलंकाविरुद्ध टी–२० अन्तर्राष्ट्रियमा लगातार १४औँ जित दर्ता गरेको छ।

शृंखलाको तेस्रो तथा अन्तिम खेल अब ओल्ड ट्राफोर्डमा हुनेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ