चिलिमे जलविद्युत आयोजनाको सुरुङमा दर्दनाक दृश्य : चार जनाको शव र मानव अंग फेला 

काठमाडौं : चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट चार जनाको शव र एउटा मानव अंग फेला परेको छ।

भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएकाहरूको खोजीका क्रममा बुधबार गोताखोरसहितको संयुक्त उद्धार टोलीले सुरुङको अन्तिम भागसम्म खोजी गर्दा शव र मानव अंग फेला पारेको नेपाली सेनाले जनाएको छ।

फेला परेका शव तथा मानव अंग नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। यसअघि भदौ १५ गते पनि सोही सुरुङबाट एक शव र एक मानव अंग फेला परेको थियो।

सेनाका अनुसार लाङटाङ जलविद्युत आयोजना, माथिल्लो त्रिशूली–१ तथा त्रिशूली–३ ए का सुरुङ र आसपासका क्षेत्रमा पनि बेपत्ताको खोजी कार्य जारी छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ