रोमा र इन्टर मिलानको लगातार चौथो जित 

    

इटालियन Serie A को नयाँ सिजनमा AS Roma र Inter Milan ले लगातार चौथो जित निकाल्दै उत्कृष्ट सुरुवात गरेका छन्। दुवै टोलीले चार खेलबाट १२–१२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा बराबरी गरेका छन्।

रोमाले घरेलु मैदानमा Torino लाई २–० ले पराजित गर्‍यो। डोनीयेल मालेनले गोल गरे भने निकोलो पिसिलीले इन्जुरी समयमा दोस्रो गोल थपे।

यता इन्टर मिलानले San Siro मा Udinese विरुद्ध दुई गोलले पछि परेको अवस्था उल्टाउँदै ५–३ को रोमाञ्चक जित निकाल्यो। इन्टरका लागि Carlos Augusto, Nicolò Barella, Marcus Thuram, Francesco Esposito र Ange-Yoan Bonnyले गोल गरे।

चार खेलपछि दुवै टोलीको १२ अंक छ र उनीहरूबीचको आगामी खेल १९ सेप्टेम्बर २०२६ मा हुने तय भएको छ।

  


जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ