“विश्व अर्थतन्त्रमा नयाँ दबाब: अमेरिकी Bond Yield 5% पार, ऋण लिन झन् महँगो” 

न्युयोर्क/लन्डन — विश्वका प्रमुख अर्थतन्त्रहरूमा सरकारी ऋणपत्रको प्रतिफल अर्थात् Bond Yield तीव्र रूपमा बढेको छ। मंगलबार अमेरिका, जापान तथा युरोपका सरकारी ऋणपत्रमा बिक्रीको दबाब बढेपछि G7 देशहरूको औसत १० वर्षे Bond Yield 4.285% पुगेको छ, जुन सन् २००८ को विश्वव्यापी वित्तीय संकटयताकै उच्च स्तर हो।

अमेरिकाको प्रमुख 10-year Treasury Yield 5% माथि पुगेको छ। अमेरिकी Treasury Yield विश्व वित्तीय बजारका लागि महत्वपूर्ण benchmark भएकाले यसको वृद्धिले सरकार मात्र नभई कम्पनी र सर्वसाधारणको ऋण लागतमा समेत दबाब बढाउन सक्छ। अमेरिकामा mortgage दर पनि करिब 6.85% पुगेको Reuters ले जनाएको छ।

यसको प्रमुख कारणमध्ये मध्यपूर्वको तनावपछि तेलको मूल्य $100 प्रति ब्यारेलभन्दा माथि पुग्नु, त्यसबाट बढेको मुद्रास्फीतिको डर, सरकारहरूको बढ्दो ऋण तथा बजेट घाटा र केन्द्रीय बैंकहरूले ब्याजदर बढाउन सक्ने अपेक्षा हुन्। अमेरिकी Federal Reserve ले ब्याजदर बढाउने सम्भावना बजारले उच्च देखिरहेको छ भने ECB ले गत साता नै दर बढाएको थियो।

जापानमा पनि १० वर्षे सरकारी Bond Yield करिब तीन दशक यताकै उच्च स्तरमा पुगेको छ। उच्च Yield का कारण सरकारहरूले नयाँ ऋण लिन बढी ब्याज तिर्नुपर्ने हुन्छ, जसले पूर्वाधार, सामाजिक सुरक्षा, रक्षा तथा अन्य सरकारी खर्चमा दबाब सिर्जना गर्न सक्छ।

यसको प्रभाव सर्वसाधारण सम्म पुग्न सक्छ—घर कर्जाको ब्याज, व्यवसायिक ऋण तथा अन्य borrowing cost महँगो हुन सक्छ। साथै उच्च Bond Yield लामो समय कायम रहे शेयर बजार र विश्व आर्थिक वृद्धिमा समेत दबाब पर्न सक्ने चिन्ता बढेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ