बाढीपीडितका लागि नेत्रज्योति संघको ठूलो हातेमालो: १ करोड ४१ लाख सहयोग, निःशुल्क उपचार पनि 

नेपाल नेत्रज्योति संघले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड ४१ लाख ४१ हजार १४१ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ। संघका महासचिव भरतबहादुर चन्दले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक तथा भौचर हस्तान्तरण गरेका हुन्।

सहयोगमध्ये संघअन्तर्गतका अस्पताल, आँखा उपचार केन्द्र र जिल्ला शाखालगायतबाट ९९ लाख ७४ हजार ५०६ रुपैयाँ तथा कर्मचारी र स्वयंसेवकबाट ४१ लाख ६६ हजार ६३५ रुपैयाँ संकलन गरिएको हो।

संघले आर्थिक सहयोगमा मात्र सीमित नरही बाढी प्रभावित क्षेत्रमा निःशुल्क आँखा परीक्षण, उपचार र परामर्श सेवा समेत उपलब्ध गराइरहेको जनाएको छ। आवश्यकता अनुसार आगामी दिनमा पनि मानवीय तथा स्वास्थ्य सहयोगलाई निरन्तरता दिने संघको भनाइ छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ