इजरायलले माग्यो १,४६४ नेपाली कामदार, आकर्षक तलबसहित आवेदन खुला
काठमाडौं — नेपाल–इजरायल सरकारबीचको श्रम सम्झौताअन्तर्गत इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि १,४६४ नेपालीको आवेदन खुला गरिएको छ। मागमध्ये १,१३२ महिला र ३३२ पुरुष रहेका छन्।
आवेदन दिन २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाइ र ४५ किलो तौल भएको हुनुपर्नेछ। कक्षा १० पछि कम्तीमा १५ महिनाको ANM/CMA अध्ययन पूरा गरेको वा १०+२ उत्तीर्ण गरी कम्तीमा तीन महिनाको मान्यताप्राप्त caregiver तालिम लिएको हुनुपर्ने व्यवस्था छ।
छनोट भएका कामदारले सातामा ४२ घण्टा काम गर्नुपर्नेछ र इजरायली कानुनअनुसार ओभरटाइम तथा बिदाको सुविधा पाउनेछन्।
इच्छुक उम्मेदवारले असोज २६ गते राति ११:५९ बजेसम्म वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
