आगामी तीन दिन नदीमा जलसतह बढ्ने, सतर्क रहन आग्रह

काठमाडौं — बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश प्रमुख तथा साना नदीमा पानीको सतह बढ्ने पूर्वानुमान गर्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, नारायणी, त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती, कालीगण्डकी, कर्णाली, भेरी, पश्चिम सेती र महाकाली लगायत नदीमा जलसतह उल्लेख्य बढ्ने अनुमान छ। कमला, बागमती, पूर्वी तथा पश्चिम राप्ती र बबईमा पनि बहाव बढ्ने पूर्वानुमान गरिएको छ।

विशेष गरी पहाडी तथा आसपासका जिल्लाका साना नदी र खहरेमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। मंगलबार र बुधबार समेत सातै प्रदेशका केही साना नदीमा बहाव अचानक बढ्न सक्ने भएकाले नदी किनार, खोला आसपास र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ