अब राहत बोक्दै ड्रोन: बाढी प्रभावित त्रिशूलीमा चिनियाँ प्रविधिको प्रयोग
रसुवा — बाढी प्रभावित तथा सडक सम्पर्क टुटेका क्षेत्रमा खाद्यान्न र अत्यावश्यक राहत सामग्री पुर्याउन चीन सरकारले नेपाललाई उपलब्ध गराएका चारवटा ड्रोनमध्ये ड्रोन त्रिशूली क्षेत्रमा परीक्षण गरी प्रयोगमा ल्याइएको छ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार ड्रोनको अधिकतम भारवहन क्षमता १०० किलो छ भने एकपटकको उडानमा करिब ७५–८० किलो राहत सामग्री बोक्न सक्नेछ।
बाढीले सडक र पुल क्षतिग्रस्त बनाएका तथा हेलिकप्टरबाट समेत पुग्न कठिन स्थानमा यी ड्रोनमार्फत खाद्यान्न तथा अन्य राहत सामग्री पुर्याउने योजना छ। सरकारी पछिल्लो अपडेटले पनि विदेशबाट प्राप्त ड्रोन, लोड क्यारियर तथा अन्य उपकरण उद्धार र राहत अभियानमा प्रयोग भइरहेको जनाएको छ।
