भोटेकोशी बाढीको असर एनसेलमा पनि: ९ करोडभन्दा बढीको पूर्वाधार क्षति
रसुवाको टिमुरेमा रहेको एक मोबाइल टावर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबर लाइनमा पूर्ण क्षति पुगेको एनसेलले जनाएको छ। रसुवा, नुवाकोट र धादिङमा गरी कम्पनीका २७ वटा मोबाइल साइट प्रभावित भएकामा २४ वटा पुनः सञ्चालनमा ल्याइसकिएका छन्। बाँकी साइट पुनः सञ्चालनका लागि प्राविधिक टोली खटिएको छ।
विपद्का बेला सञ्चार सहज बनाउन एनसेलले प्रभावित क्षेत्रका ३ लाखभन्दा बढी ग्राहकलाई निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा समेत उपलब्ध गराउँदै आएको जनाएको छ।
