बेपत्ताको पहिचानमा DNA को सहारा: सम्पर्कविहीनका आफन्तबाट नमुना संकलन सुरु”

काठमाडौं — भोटेकोशी बाढीपछि सम्पर्कविहीन रहेका व्यक्तिको खोजी र पहिचान प्रक्रियालाई प्रभावकारी बनाउन उनीहरूका नजिकका आफन्तको DNA नमुना संकलन तथा प्रोफाइलिङ सुरु गरिएको छ। फेला परेका तर पहिचान हुन नसकेका शवको DNA सँग परिवारका सदस्यको नमुना तुलना गरी सनाखत गर्न यो प्रक्रिया अघि बढाइएको हो। यसले लामो समयदेखि आफ्ना प्रियजनको खोजीमा रहेका परिवारलाई पहिचान प्रक्रियामा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सम्बन्धित निकायले सम्पर्कविहीन व्यक्तिका परिवारलाई आवश्यक विवरण तथा DNA नमुना उपलब्ध गराएर पहिचान प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ