बाढीपीडितको उपचारमा ठूलो सहयोग: तीन करोडभन्दा बढीको औषधि उपलब्ध

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उपचारमा सहयोग पुर्‍याउन तीन करोड रुपैयाँभन्दा बढी मूल्यका औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ। नेपाल औषधि आयातकर्ता संघले प्रभावित क्षेत्रमा आवश्यक औषधि सहयोग गरेको हो। विपद्का बेला घाइते तथा स्वास्थ्य सेवा आवश्यक परेका नागरिकको उपचारमा यस सहयोगले महत्वपूर्ण राहत पुग्ने अपेक्षा गरिएको छ।