बाढीपीडित यात्रुलाई नेपाल एयरलाइन्सको साथ: टिकट परिवर्तनमा शुल्क नलाग्ने

काठमाडौं — बाढीका कारण यात्रा प्रभावित भएका यात्रुलाई नेपाल एयरलाइन्सले टिकटको यात्रा मिति निःशुल्क परिवर्तन (रिभ्यालिडेट) गर्न सकिने सुविधा दिएको छ।

अगस्ट २६ वा त्यसअघि जारी भएकाअगस्ट २६ देखि सेप्टेम्बर ५ सम्म यात्रा तय भएका टिकटमा यो सुविधा लागू हुने निगमले जनाएको छ।

बाढीका कारण निर्धारित समयमा यात्रा गर्न नसकेका यात्रुलाई राहत दिन एकपटक निःशुल्क टिकट मिति परिवर्तन गर्न सकिने व्यवस्था गरिएको हो।