कोशी प्रदेशमा ४२ हिमताल उच्च जोखिममा, १२ हजारभन्दा बढी घरधुरी जोखिममा
विराटनगर — कोशी प्रदेशका नदी बेसिनमा रहेका ४२ वटा हिमताल विस्फोटको उच्च जोखिममा रहेको सरकारी तथ्यांकले देखाएको छ। जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण हिमनदी पग्लिने क्रम तीव्र हुँदा हिमतालको आकार बढ्दै गएको र आकस्मिक बाढीको जोखिम बढेको बताइएको छ।
हिमताल विस्फोट भए १२ हजार ७०६ घरधुरीसहित नदी किनारका बस्ती, जलविद्युत् आयोजना, सडक र पुलमा ठूलो क्षति पुग्न सक्ने चेतावनी दिइएको छ।
प्रदेशका १० जिल्ला प्रत्यक्ष जोखिममा रहेको प्रतिकार्य योजनामा उल्लेख छ।
