रसुवाको बाढीले बगाएर ल्याएका ४८ शव चितवनमा फेला 

चितवन — रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएर ल्याएका ४८ जनाको शव चितवनमा फेला परेको छ।

चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार त्रिशूली र नारायणी नदी क्षेत्रमा परिचालित सुरक्षाकर्मीले बुधबार ४८ शव नदीबाट निकालेका हुन्।

भोटेकोशीबाट आएको बाढी त्रिशूली हुँदै चितवनतर्फ पुगेको थियो। बाढी प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धार जारी रहेकाले मृतक तथा सम्पर्कविहीनको विवरण थप अद्यावधिक हुन सक्नेछ।