२०औँ एसियाली खेलकुदको तयारीका लागि नेपाली टेनिस टोली भारत जाने
२०औँ एसियाली खेलकुदको तयारीका लागि तीन खेलाडी र एक प्रशिक्षकसहितको नेपाली टेनिस टोली भारतको बेंगलुरु जाने भएको छ।
टोलीमा प्रदीप खड्का, निशान श्रेष्ठ र स्वस्तिका बिष्ट रहेका छन् भने प्रशिक्षकको जिम्मेवारी रेनुदेवी कोन्डाले सम्हाल्नेछिन्। टोलीले बेंगलुरुस्थित टेनिस एकेडेमीमा प्रशिक्षण गरी सेप्टेम्बर ८ मा नेपाल फर्किने कार्यक्रम छ।
एसियाली खेलकुदका लागि छनोट भएका अभिषेक बास्तोला र शिवाली गुरुङ हाल छुट्टाछुट्टै रूपमा विदेशमा प्रशिक्षणरत छन्। २०औँ एसियाली खेलकुद जापानमा आयोजना हुँदैछ।
नोट: यस समाचारमा प्रयोग गरिएको फिचर्ड तस्बिर एआईद्वारा सिर्जना गरिएको सांकेतिक चित्र हो।
