६ वर्षमा ७२९ पटक ट्राफिक कारबाही, एउटै चालकको रेकर्ड देखेर प्रहरी नै चकित 

काठमाडौं : मकवानपुरका एक चालक ६ वर्षमा ७२९ पटक ट्राफिक कारबाहीमा परेको तथ्य सार्वजनिक भएको छ। ट्राफिक प्रहरीका अनुसार रामबहादुर बिष्ट नामका चालक औसतमा करिब तीन दिनमा एक पटक कारबाहीमा परेको देखिन्छ।

उनी विशेषगरी मालवाहक सवारीमा असुरक्षित तरिकाले सामान राख्ने, नम्बर प्लेट छोपिने, लेन तथा ट्राफिक संकेत उल्लंघनलगायत कसुरमा पटक–पटक कारबाहीमा परेका थिए। उनले ७२८ पटकको जरिबाना तिरिसकेको र पछिल्लो जरिबाना तिर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

फाइल तस्बिर: Bijay Chaurasia Photography / Wikimedia Commons / CC BY-SA 4.0

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ