हेलिकोप्टर उद्धार खर्चबारे गृहमन्त्रीको स्पष्टीकरण– ‘अर्बौं खर्च भएको छैन’ 

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले विपद्का बेला हेलिकोप्टरमार्फत गरिएको उद्धारमा १५ अर्ब रुपैयाँ खर्च भएको भन्ने विवरण गलत रहेको बताएका छन्।

बुधबार विपद् व्यवस्थापन प्राधिकरणको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले हेलिकोप्टर उद्धारमा वास्तविक खर्च बढीमा १४ देखि २० करोड रुपैयाँ हाराहारी रहेको बताए।

गृहमन्त्री गुरुङका अनुसार रसुवा बाढीपछि अस्थायी शिविरमा रहेका परिवारलाई ६ महिनासम्म मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराइनेछ। ठूलो परिवारलाई थप २ हजार रुपैयाँ दिने व्यवस्था गरिएको छ।

सरकारले ६ महिनाभित्र दुईकोठे अस्थायी आवास निर्माण गर्ने र दीर्घकालीन रूपमा ‘टाउनसिप प्लानिङ’मार्फत प्रभावित परिवारको पुनर्वास गर्ने योजना बनाएको पनि उनले जानकारी दिए।

यसपटकको विपद् पूर्वतयारीमा देखिएका सफलता र कमजोरीको समीक्षा गर्न छुट्टै समिति गठन गरिने गृहमन्त्री गुरुङले बताएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ