हिम्लुङ हिमालमा हिमपहिरो, चार जनाको शव फेला 

मनाङ — मनाङको नार्पाभूमि गाउँपालिका क्षेत्रमा रहेको ७,१२६ मिटर अग्लो हिम्लुङ हिमालमा गएको हिमपहिरोमा चार जनाको मृत्यु पुष्टि भएको छ। बेपत्ताहरूको खोजीका क्रममा सोमबार थप दुई जनाको शव फेला परेसँगै मृतक संख्या चार पुगेको हो।

नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका अनुसार मृतकहरू छेबी भोटे, पासाङ भोटे, वीरेन्द्र गुरुङ र घनश्याम राई हुन्। हिमपहिरो आइतबार बिहान आधार शिविर क्षेत्रमा गएको थियो। त्यसबेला आगामी आरोहण सिजनको तयारीका लागि नेपाली कामदार तथा गाइडहरू त्यहाँ पुगेका थिए।

हिमपहिरोपछि बाक्लो हिउँले आधार शिविरका टेन्टहरू करिब १४ फिटसम्म पुरिएको बताइएको छ। अत्यधिक हिउँ, कठिन भूगोल र प्रतिकूल मौसमका कारण उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ।

 १२ जना अझै सम्पर्कविहीन रहेको जनाएको छ। 

खोजी तथा उद्धार टोलीबाट थप विवरण आएपछि यकिन संख्या स्पष्ट हुने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ