स्पेनमा आवास संकटविरुद्ध विशाल प्रदर्शन  

म्याड्रिड : महँगिँदो घरभाडा र आवास अभावको विरोधमा स्पेनभर हजारौँ मानिस सडकमा उत्रिएका छन्। राजधानी म्याड्रिडसहित करिब ५० सहरमा शनिबार प्रदर्शन गर्दै नागरिकहरूले किफायती आवास र भाडामा बस्नेहरूको अधिकार थप सुरक्षित गर्न माग गरेका छन्।

म्याड्रिडमा मात्रै सरकारी अनुमानअनुसार करिब ७० हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए। आयोजकहरूले भने सहभागीको संख्या करिब पाँच लाख रहेको दाबी गरेका छन्। प्रदर्शनकारीले बढ्दो भाडा नियन्त्रण गर्न र घरबाट निष्कासन रोक्न प्रभावकारी कदम चाल्न सरकारमाथि दबाब दिएका छन्।

स्पेनको संसदले भाडामा बस्ने नागरिकलाई थप सुरक्षा दिने उद्देश्यले ल्याइएका दुई आपतकालीन आवाससम्बन्धी प्रस्ताव शुक्रबार अस्वीकार गरेपछि आन्दोलन थप चर्किएको हो। ८७ वर्षीया मारिया डेल कार्मेन अबास्कललाई म्याड्रिडमा करिब सात दशकदेखि बस्दै आएको घरबाट निकालिएको घटनाले पनि देशव्यापी आक्रोश बढाएको छ।

अधिकांश सहरका प्रदर्शन शान्तिपूर्ण रहे पनि भ्यालेन्सियामा प्रदर्शनकारी र प्रहरीबीच तनाव भएको थियो। त्यहाँ भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र रबरका गोली प्रयोग गरेको बताइएको छ।

Photo: Barcex / Wikimedia Commons — CC BY-SA 4.0।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ