सीमा नजिक नदी थुनिएर विशाल ताल, फुट्ने उच्च जोखिम, भोटेकोशी–त्रिशूली क्षेत्रमा फेरि बाढीको खतरा

काठमाडौं — चीनको जलस्रोत मन्त्रालयले छोचेन खोला र पुरेपू त्साङ्पो नदीको दोभाननजिक नदी थुनिएर ठूलो ‘ब्यारियर लेक’ बनेको जनाएको छ। बिहीबार बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र पानी बाहिरिनसमेत थालेको बताइएको छ।

आगामी तीन दिनमा तालमा थप ३० लाख घनमिटर पानी थपिन सक्ने अनुमान गरिएको छ, जसका कारण प्राकृतिक बाँध फुटेर पुनः ठूलो बाढी आउन सक्ने जोखिम रहेको छ। चिनियाँ अधिकारीहरूले तालको अवस्था निरन्तर निगरानी गरिरहेका छन्।

नेपालको विपद् प्राधिकरणले पनि भोटेकोशी–त्रिशूलीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ