सप्तकोशी उर्लिँदै, कोशी ब्यारेजका ४३ ढोका खोलियो; तटीय क्षेत्रमा उच्च सतर्कता

सुनसरी — निरन्तर वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ। बहाव बढेसँगै कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन्। शुक्रबार ३१ वटा ढोका खोलिएकोमा पानीको सतह बढेपछि थप ढोका खोलिएको हो।

शनिबार बिहान ६ बजेको मापनअनुसार ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ। शुक्रबार दिउँसो बहाव करिब २ लाख ४० हजार क्युसेक रहेको थियो।

पानीको सतह बढेपछि ब्यारेज क्षेत्रमा जोखिम संकेतस्वरूप रातो बत्ती बालिएको छ। प्रशासनले सप्तकोशी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र नदी किनारमा नजान आग्रह गरेको छ।

वर्षा जारी रहेकाले नदीको बहावमा थप उतारचढाव आउन सक्ने भन्दै सम्बन्धित निकायले अवस्थाको निगरानी गरिरहेका छन्

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ